News

बढी भाडा लिएकोले सवारी साधन कारवाहीमा

बढी भाडा लिएकोले सवारी साधन कारवाहीमा

नुवाकोट । बढी भाडा लिने नौ सवारी साधन र कागजपत्रविना नै चलाउने ७ सय ७९ सवारी साधनलाई नुवाकोट ट्राफिकले कारवाही गरेको छ । बढी भाडा लिने नौ यातायातलाई कारवाही गरी यात्रुको भाडा फिर्ता गराइएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक नरहरि अधिकारीले जानकारी दिए । 

 

बडादसैंका अवसरमा यातायात व्यवसायीले यात्रुलाई बढी भाडा लिने र यात्रा गर्दा पर्ने समस्यालाई ध्यानमा राखी जिल्ला ट्राफिक कार्यालय नुवाकोटले जिल्लाका विभिन्न ठाउँमा सवारी साधन जाँचमा कडाइ गरेको छ । 

 

फूलपातीदेखि नुवाकोट ट्राफिक कार्यालयले दसैं मनाउन घर फर्कने र दसैं मनाएर काठमाडौं फर्कने यात्रुसँग नुवाकोटका यातायात व्यवसायीले मनपरी लिई यात्रुलाई ठगी गर्ने बस र माइक्रोबसलाई जाँच गरी बढी भाडा लिने यातायातलाई कारवाही गरिएको हो । ट्राफिक कार्यालयले एक हप्तामा ६ लाख ६६ हजार राजश्व पनि उठाएको छ । 
 

नुवाकोट यातायात कारवाहीमा बढी भाडा लिने नौ सवारी साधन

विशेष