News

नेपालको संविधानले महिला हकहितलाई उच्च महत्व दिएकोः मन्त्री थापा

नेपालको संविधानले महिला हकहितलाई उच्च महत्व दिएकोः मन्त्री थापा

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले नेपालको संविधानले महिला हकहितलाई उच्च महत्व दिँदै उनीहरुको सशक्तीकरणमा जोड दिएको बताएकी छन् ।

 

जेनेभास्थित संयुक्त राष्ट्र संघीय कार्यालय तथा अन्य अन्तर्राष्ट्रिय संगठनमा मंगलबार महिलाविरुद्धका भेदभाव उन्मूलन समितिको ७१औँ बैठकमा नेपालको छैटौँ आवधिक प्रतिवेदन प्रस्तुत गर्दै, 'नेपाली नियोगका अनुसार मन्त्री थापाले शान्ति प्रक्रियाले पूर्णता पाएसँगै जारी भएको नेपालको संविधानले महिला उत्थान र सशक्तीकरणका लागि प्रगतिशील व्यवस्था गरेको जानकारी गराइन ।

 

उनले महिला अधिकार संरक्षण र प्रवद्र्धनका लागि नेपाल सरकारले चालेका कदम तथा उनीहरुलाई सशक्त तुल्याउन प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताइन ।

 

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा जेनेभा संयुक्त राष्ट्र संघीय

विशेष