गोली लागेर प्यालेस्टिनीको मृत्यु
जेरुसेलम । उत्तरी गाजा क्षेत्रमा इजरायली सेनासँग भएको झडपमा परी एक प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायली सेनाका प्रवक्ताले उत्तरपूर्वी शहर नाब्लुसको ताम्मुनमा झडपको भएको पुष्टि गरेका छन् । तर मानवीय क्षतिको विषयमा भने आफूलाई जानकारी नभएको बताए। प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले मारिएका व्यक्तिको नाम मोहमद बिशारात भएको र उनी २१ वर्षको भएको पुष्टि गरेको छ ।
इजराली सैनिकले प्रहार गरेको गोली छातीमा लागेपछि उनको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
एक प्यालेस्टिनीको मृत्यु