विदेश

‘तीन तलाक’ दिने श्रीमान पक्राउ

‘तीन तलाक’ दिने श्रीमान पक्राउ

भोपाल । भारतको मध्यप्रदेशमा एक व्यक्तिलाई तीन तलाक दिएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । 

 

 

केन्द्र सरकारले मुस्लिम समुदायमा सम्बन्ध बिच्छेदका लागि प्रयोग हुने ‘तीन तलाक’ लाई प्रतिबन्ध लगाउने कानुन पारित गरेको एक महिनापछि नै यस्तो घटना भएको हो । 

 

 

 

मेघनगर प्रहरी स्टेशनका अनुसार आरिफ हुसेन विरुद्ध नयाँ मुस्लिम महिला (विवाहको हक संरक्षण) अध्यादेश २०१८ बमोजिम मुद्दा दर्ता गरिएको छ । 

 

 

 

मेघनगरको शेरवानी मोल्लाकी स्थायी बासिन्दा सल्मा बानोले आरिफसँग १० वर्ष पहिले विवाह गर्नुभएको थियो । यो दम्पतीका दुईजना बच्चा पनि छन् । बानोको उजूरीका आधारमा प्रहरीले आरिफलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

 

 

 

बानोले आफू धेरै मोटाएको भन्दै पतिले तलाक (सम्बन्ध बिच्छेद) दिएको बताउनुभएको छ । 

 

 

 

धेरै मोटाएको भन्दै आफूमाथि पटकपटक दुव्र्यहार र कुटपिट गर्ने गरेको उहाँको आरोप छ । ‘तीन पटक तलाक दिएपछि बाध्य भएर मैले प्रहरीमा उजूरी दिएकी हुँ’ बानोले भने । 

भारत तीन तलाक

विशेष