News राजनीति

बेलौरी भन्सार खुलाउन पहल हुँदैछः खानेपानी मन्त्री

बेलौरी भन्सार खुलाउन पहल हुँदैछः खानेपानी मन्त्री

कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले बेलौरी भन्सार खुलाउन पहल भइरहेको बताएकी छन् । 

 

 

प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेलाको बिहीबार उद्घाटन गर्दै उनले जिल्लाको दक्षिणी क्षेत्रको विकासका लागि स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिसँग छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाइन् । 

 

 

स्वच्छ खानेपानीमा हरेक जनताको सहज पहुँच हुने पनि उनले वचन दिइन्। समारोहमा पूर्वसहायकमन्त्री लालबहादुर विक, पूर्वसभासद् टेकेन्द्र भट्ट, स्थानीय जनप्रतिनिधि, व्यवसायी र विभिन्न दलका नेताले दक्षिणी क्षेत्रको पर्यटकीय र सहकारी विकासमा जोड दिए । 

 

 

बिहीबारदेखि शुरु भएको उक्त महोत्सवमा कृषि र औद्योगिक उत्पादन, कृषि औजार र उपकरण, हस्तकलाका सामग्री, मौलिक परिकार, सांस्कृतिक झाँकी तथा जडीबुटी प्रदर्शनीमा राखिएका छन् । यही कात्तिक १८ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा १५० कक्ष राखिएका छन् । 

खानेपानी मन्त्री बिना मगर बेलौरी भन्सार

विशेष