News

फरार अभियुक्त १४ वर्षपछि पक्राउ

फरार अभियुक्त १४ वर्षपछि पक्राउ

मेलम्ची । सवारी ज्यान मुद्दाका फरार अभियुक्त बिहीबार १४ वर्षपछि पक्राउ गरेका छन् । 

 

 

पक्राउ पर्नेमा जुगल गाउँपालिका-२ का ४९ वर्षीय माइला भन्ने रामशरण अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 

 

 

जिल्ला अदालत रुपन्देहीले २०६१ साल जेठ २७ गते सवारी ज्यान मुद्दाका अपराधमा अधिकारीलाई एक वर्ष ११ महिना ३ दिन कैद फैसला गरेको थियो । त्यहीबेला देखि उनी फरार थिए । 

 

 

अधिकारीलाई बिहीबारै जिल्ला अदालत सिन्धुपाल्चोकमा बुझाएर कैद असुल उपर गर्न जिल्ला कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बिमलराज कणेलले जानकारी दिए । 
 

अभियुक्त मेलम्ची

विशेष