शक्तिशाली सरकारले विकास बजेट खर्च गर्न पनि सकेन
काठमाडौं - चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा विकास बजेट खर्च अत्यन्तै न्यून रहेको छ । यस अवधिमा महिनाको २ प्रतिशतको हाराहारीमा मात्रै पुँजीगत खर्च भएको सरकारी तथ्यांकमा उल्लेख छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आवको पहिलो तीन महिनामा पुँजीगत बजेटतर्फ जम्मा १७ अर्ब ३९ करोड रुपैयाँ खर्च भयो । यो रकम कुल विकास बजेटको तुलनामा ५ दशमलव ५१ प्रतिशत हो ।
यो तथ्यांकले सरकारले प्रतिमहिना २ प्रतिशतभन्दा कमको दरले पुँजीगत खर्च गरेको देखिन्छ । चालू आवको बजेटमा ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ विकास बजेट विनियोजन गरिएको छ ।
तीन महिनाको अवधिमा भएको खर्चलाई अधार मान्दा यस वर्ष सरकारले लिएको बजेट खर्चको लक्ष्य पूरा हुन कठिन हुने देखिन्छ ।
राजधानी दैनिकबााट ।