News

वैदेशिक भ्रमण जाने कर्मचारीको विवरण माग

वैदेशिक भ्रमण जाने कर्मचारीको विवरण माग

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सबै निकायहरूसँग विदेश भ्रमण गएका कर्मचारीको विवरण माग गरेको छ । कार्यालयले केही समयअघि पत्र नै पठाएर वैदेशिक भ्रमणमा जाने कर्मचारीको विवरण पेस गर्न निर्देशन दिएको हो। 

 

चालू आर्थिक वर्ष (आव) २०७५÷ ७६ को पहिलो दुई महिना साउन र भदौमा विदेश भ्रमणमा गएका कर्मचारीको विवरण माग गरिएको कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताए। निर्देशनअनुसार अधिकांश निकायबाट विवरण प्राप्त भइसकेको समेत उनले बताए। 

 

जथाभावी वैदेशिक भ्रमणमा जाने प्रवृत्तिले अभिलेख समेत नरहने र राज्यको बजेट खर्च हुने भएकाले व्यवस्थित गर्नु अत्यावश्यक रहेको ठहर कार्यालयको छ। 

 

वैदेशिक भ्रमण व्यवस्थित गर्न गत बैशाखमा सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५ जारी गरेको थियो। तर, त्यसका बावजुद पनि जथाभावी वैदेशिक भ्रमणमा जाने क्रम भने रोकिएको छैन।

 

केही दिनअघिमात्रै कार्यालयले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका १९ जना पदाधिकारीको वैदेशिक भ्रमण रोकेको थियो।

वैदेशिक भ्रमण प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय कर्मचारीको विवरण माग

विशेष