News

सप्तरीका बाढीपीडित अझै दुर्गन्धित पानी पिउन बाध्य

सप्तरीका बाढीपीडित अझै दुर्गन्धित पानी पिउन बाध्य

राजविराज । सप्तरीमा आएको बाढीले गर्दा अझैपनि त्यस जिल्लाका स्थानीयवासी अशुद्ध पानी पिउन बाध्य भएका छन् । सप्तरी हनुमाननगरमा बाढीको प्रभावले गर्दा कंकालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका बासिन्दा झण्डै ५ सय घरपरिवार दुर्गन्धित पानी पिउन बाध्य भएका हुन् । 

 

घर आँगनमा बाढी पसेपछि त्यहाँ रहेका ट्युबेलको पानीमा अहिले लेदो आउन थालेपछि उनीहरु स्वच्छ पानी पिउनबाट वञ्चित भएको स्थानीयवासी आकाश यादवले बताए ।

 

ट्युबेलमा लेदो र दुर्गन्धित पानी आउन थालेपछि त्यहाँका हजारौँ बासिन्दा त्यही पानी पिउन बाध्य भएको बाढीपीडित राम सदाले बताए । दुर्गन्धित पानी खाएकै कारण अहिले सो क्षेत्रका बासिन्दा बिरामी पर्न थालेको बताइएको छ । 

 

दुर्गन्धित पानी पिउने गरेका कारण अहिले बाढीपीडितमा झाडापखाला, निमोनिया, रुघाखोकी, आँखा पाक्ने र घाँटी दुख्नेजस्ता रोगहरु देखिएको उनले बताए ।
 

सप्तरीका बाढीपीडित दुर्गन्धित पानी पिउन बाध्य

विशेष