News स्वास्थ्य

चिसोबाट बच्न के के खानु पर्छ जानीराखौं 

चिसोबाट बच्न के के खानु पर्छ जानीराखौं 

काठमाडौं । चिसो महिना सुरु भइसकेको छ । जाडो महिनामा बिहानदेखि राती अबेरसम्म चिसोमा काम गर्नु पर्ने हुन्छ जसले गर्दा स्वास्थ्यमा समस्या आउने गर्दछ । 

 

चिसोले गर्दा रुघा लाग्ने, नाक बन्द हुने तथा आँखामा चिसो पस्ने हुन्छ जसको कारण ज्यरोले सताउछ । र त्यस्तो समस्याले गर्दा अस्पताल भर्ना भइ चाहिने भन्दा बेसी खर्च हुने गरेको हुन्छ । 

 

अस्पताल नै जानु नपर्ने तथा आफ्नो स्वास्थ्यको ख्याल घरमै बसी केहि टिप्सबाट गर्न सकिन्छ । तल दिइएको टिप्स ध्यान पुर्याएर पढ्नुस र चिसोबाट बच्नुस् ।

 

अदुवाको टुक्राको रस २० मि.लि देखि ३० मि.लिसम्म दिनको तीन पटक खानाले तातो पार्छ जसले रुघा खोकी ठीक हुन्छ ।

 

दश ग्राम लसुनलाई एक कप उमालेर साँझमा सुत्नेबेला वा खाजा खानुभन्दा अघी सेवन गर्नाले पनि चिसोबाट बच्न सकिन्छ । 

 

वेसार र सौंठको धुलोको लेप बनाएर टाउकोमा लगाउदा पनि आराम हुन्छ । 

 

कालो मरिच डढाएर द्दुवा सुँघनाले बन्द नाक खुल्छ ।

 

अलिकति अदुवाको रस, अजवाइन ९ चम्चा, ल्वाङ ५ वटा, कालो मरिच ३ वटा, मेथि १ चम्चा, तुलसी र पुदिनाको पात १० वटा जती मिसाएर दिनको दुई पटक सेवन गर्नाले आराम पाइन्छ । 

 

एक गिलास तातो पानीमा १ चिम्टी नुन, १ चिम्टी खाने सोडा मिसाएर दिनमा दुईपटक र सुत्ने समयमा कुल्ला गर्नाले घाँटीको खसखसबाट आराम पाउछ ।

स्वास्थ्य चिसोबाट बच्न के के खानु पर्छ

विशेष