News

हुलाकमार्फत विस्फोटक पदार्थ पठाउने पक्राउ

हुलाकमार्फत विस्फोटक पदार्थ पठाउने पक्राउ

काठमाडौं । अमेरिकामा हुलाकमार्फत विस्फोटक पदार्थ पठाएको आरोपमा एकजना पक्राउ परेका छन् । अमेरिकी अधिकारीहरूले ५६ वर्षीय सिजर सेयकलाई फ्लोरिडामा पक्राउ गरिएको जनाएका छन् ।

 

राष्ट्रपति डोनल्ड ट्रम्पका आलोचकहरूलाई लक्षित गर्दै केही दिनयता विस्फोटक पदार्थ पठाउने गरिएको थियो । विगत केही दिनयता पूर्वराष्ट्रपति बराक ओबामा र अभिनेता रोबर्ट डी निरोसहितका मानिसहरूलाई १४ वटा त्यस्ता शङ्कास्पद विस्फोटक पदार्थ पठाइएका छन् ।

 

फ्लोरिडा र न्यूयोर्कमा शुक्रवार बिहान दुईवटा शङ्कास्पद विस्फोटक पदार्थ फेला पारिएको थियो । त्यसपछि क्यालिफोर्नियामा पनि दुईवटा भेटिएको थियो ।

विस्फोटक पदार्थ पक्राउ सिजर सेयकलाई फ्लोरिडा

विशेष