आरबिआइमाथि मोदी सरकारको चेतावनी
मुम्बइ। रिजर्भ बैंक अफ इण्डियाका एक उच्च अधिकारीले यदि सरकारले केन्द्रीय बैंकको स्वायत्ताको सम्मान नगर्ने हो भने उसले अप्ठेरो दिन देख्नु पर्ने चेतावनी दिएका छन्।
इन्डियन एक्सप्रेसमा प्रकाशित समाचार अनुसार, आरबिआइका डेपुटी गभर्नर विरल आचार्यले बजारले सरकारलाई प्रभावित पार्न सक्ने भन्दै त्यसको आडमा सरकारले केन्द्रीय बैंकको स्वतन्त्रतामाथि आँच पुर्याउन नसक्ने बताएका हुन्।
यदि आरबिआइको कामकाजमा धेरै नै हस्तक्षेप दिइयो भने यसको असर बजार र पुरै अर्थतन्त्रमा पर्ने उनले प्रस्ट पारेका छन्। पछिल्लो समय सरकारी बैंकको खराव कर्जा उठाउने सन्दर्भमा आरबिआइमाथि सरकारले हस्तक्षेप गर्न खोजिरहेको आरोप लाग्दै आएको छ।
निजी क्षेत्रका बैंकहरुलाई कारवाही गरेर केन्द्रीय बैंकले ट्र्याकमा राख्न सफल भएपनि सरकारी हस्तक्षेपका कारण उसको स्वामित्वका बैकहरुलाई चलाउन नसकेको आरोप लाग्दै आएको छ। यसै सन्दर्भमा आचार्यको भनाइ आएको हो।
रिजर्भ बैंक अफ इण्डिया मोदी सरकारको चेतावनी