जागिर खान नक्कली सर्टिफिकेट पेश गर्ने असईविरुद्ध मुद्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयमा कार्यरत प्राविधिकतर्फका सहायक निरिक्षक (असई) रामबहादुर सिंह भण्डारी क्षेत्रीविरुद्ध विषेश अदालतमा मुद्धा दायर गरेको छ।
जागिर खान नक्कली शैक्षिक योग्यता पेश गरेको आरोपमा उनीविरुद्ध आयोगले विषेश अदालतमा मुद्धा दायर गरेको हो ।
रामले भारतको उत्तर प्रदेशस्थित सर्वोदय उच्च मावीबाट लिएको प्रविणता प्रमाणपत्र-आईएको शैक्षिक प्रमाणपत्र नक्कली भएको अख्तियारको दावी छ।
सर्टिफिकेट अख्तियार दुरुपयोग अनुसन्धान आयोग