विदेश

श्रीलंकाका सभामुखद्वारा विक्रमासिंघेलाई नै प्रधानमन्त्रीको मान्यता

श्रीलंकाका सभामुखद्वारा विक्रमासिंघेलाई नै प्रधानमन्त्रीको मान्यता

एजेन्सी । श्रीलंका संसदका सभामुख करु जयासूर्याले रनिल विक्रमासिंघेलाई नै प्रधानमन्त्रीको मान्यता दिएका छन्।

 


आइतबार राष्ट्रपतिलाई पत्र लेख्दै सभामुखले विक्रमासिंघेलाई नै प्रधानमन्त्रीको मान्यता दिएका हुन्। मैत्रीपाल सिरिसेनाले विक्रमासिंघेलाई  शुक्रबार बर्खास्त गरेका थिए । 

 

 

सभामुखको यो निर्णयले राष्ट्रपति सिरिसेनाले शुक्रबार गरेको पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेको नियुक्ति अन्यौलमा परेको छ।

 

 

राष्ट्रपति सिरिसेनाले शुक्रबार विक्रमासिंघेलाई बर्खास्त गरेर पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

 

 

तर, विक्रमासिंघेले संसदमा आफ्नो पक्षमा बहुमत कायम रहेको भन्दै त्यसको पुष्टि गर्न विश्वासको मत लिने  प्रक्रिया अघि बढाउन माग गरेका थिए।

 

 

विक्रमासिंघेले संसदमा आफ्नो बहुमत पुष्टि गर्न खोजेपछि राष्ट्रपति सिरिसेनाले संसद अधिवेशन नोभेम्बर १६ सम्मका लागि स्थगित गरिदिएका थिए।

 

 

सन् २०१५ को राष्ट्रपतीय र संसदीय चुनावमा सिरिसेना र विक्रमासिंघे दुबैले राजापाक्षेविरूद्ध गठबन्धन बनाएका थिए । 

 

 

त्यो बेला श्रीलंकाको राजनीतिमा बलिया मानिएका राजापाक्षे राष्ट्रपतिमा हारे भने उनको श्रीलंकन फ्रिडम पार्टी संसदमा बहुमत ल्याउन असमर्थ भयो।

 

 

त्यसपछि सिरिसेना राष्ट्रपति बने भने उनीहरूको गठबन्धनबाट विक्रमासिंघे प्रधानमन्त्री चुनिए।

 

 

श्रीलंकाको संसदीय चुनावमा विक्रमासिंघे र सिरिसेनाको गठबन्धनले संसदको २२५ मध्ये १०६ स्थान जितेका थिए भने राजापाक्षेको पार्टीले ९५ स्थान जितेको थियो। तमिल पार्टीहरूले १६, जनता भीमुक्ति पेरामुनि (जेभिपी) ले ६ सिट जितेको थियो। 

श्रीलंका रनिल विक्रमासिंघे

विशेष