बालिकाको शव फेला, परिवारले नै हत्या गरी फालेको आशंका
जनकपुर । सिराहाको नरहिया गाउँपालिका वडा नम्बर ५ का मुकुन्देव यादवकी ५ वर्षीया छोरी लिलु यादवको पोखरीमा डुबेर मृत्यु भएको हो ।
ती बालिका सोमबार दिउँसो करिब २ बजे घरबाट बेपत्ता भएपछि साँझसम्म घर नफर्किएपछि उनको खोजी सुरु भएको थियो ।
तर, मंगलबार विहान ४ बजे स्थानीयहरुले पोखरीको छेउतीर शव फेला पारेका छन् । शवलाई पोष्टमार्टमकालागि जिल्ला अस्पताल सिराहा पठाइएको छ ।
यता, प्रहरीले पोखरीमा डुबेर लिलुको मृत्यु भएको प्रारम्भीक अनुसन्धानले देखाएको भनेपनि मृतक लिलुको परिवारले हत्या गरेर बालिकाको शव पोखरीमा फालेको दाबी गरेका छन् । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
जनकपुर ५ वर्षीया लिलु यादव पोखरीमा डुबेर मृत्यु