News

चिसो बढ्यो, काठमाडौंको तापक्रम ८ डिग्री सेल्सियस

चिसो बढ्यो, काठमाडौंको तापक्रम ८ डिग्री सेल्सियस

काठमाडौं । उपत्यकासहित देशभर चिसो बढेको छ। दसैंअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दसैंलगत्तै तापक्रम घटेको छ। 

 

 

आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव शून्य डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तापक्रम घटेकाले उपत्यकामा चिसो महसुस गरिएको छ। यद्यपि दिउँसोको समयमा भने तापक्रम केही बढी छ।

 

 

महाशाखाले काठमाडौंको अधिकांश तापक्रम आइतबार २५ डिग्रीसम्म पुग्ने प्रक्षेपण गरेको छ। केही दिनयता उपत्यकासहित देशभरको तापक्रम स्थिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

 

अहिले जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव ७ र अधिकतम तापक्रम १९ दशमलब ६ डिग्री सेल्सियस छ। वीरेन्द्रनगरको न्यूनतम तापक्रम ९ दशमलव ७ र अधिकम तापक्रम २९ दशमलव शून्य डिग्री मापन गरिएको छ। 

 

 

त्यस्तै सिमराको न्यूनतम तापक्रम १४ दशमलव शून्य र अधिकतम तापक्रम ३३ दशमलव ५ डिग्री सेल्सियस छ। दाङको न्यूनतम तापक्रम भने ११ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ।

 

 

धनकुटाको न्यूनतम तापक्रम २६ दशमलव एक र अधिकतम तापक्रम १२ दशमलव ८ डिग्री सेल्सियस रहेको छ। पोखराको न्यूनतम तापक्रम २६ दशमलव ५ र अधिकतम तापक्रम १२ दशमलव दुई डिग्री सेल्सियस छ।

 

 

केही दिन यताको अवस्थालाई हेर्दा न्यूनतम तापक्रम अझै घट्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार काठमाडौंको न्यूनतम तापक्रम ८ दशमलव शून्य र अधिकतम तापक्रम २५ दशमलव ५ डिग्री छ।

 

 

अाइतबार सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम शून्य दशमलव ७ डिग्री र सबैभन्दा बढी विराटनगरमा १८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३२ दशमलव ५ डिग्री सेल्सियस छ। 

चिसो बढ्यो

विशेष