News

लाखौंको पटाका प्रहरीद्वारा नष्ट

लाखौंको पटाका प्रहरीद्वारा नष्ट

राजविराज । तिहार तथा छठपर्व नजिकिँदै गर्दा सिमानाबाट पटाकालगायत सामान ओसारपसार गर्ने क्रम बढेको छ । प्रहरीको गस्ती टोलीले तीन लाख रुपैयाँ बराबरको पटाका बरामद गरी सोमबार नष्ट गरेको छ ।

 

एक साताभित्र विभिन्न स्थानबाट बरामद गरेका दुई लाख ७४ हजार नौ सय ६० रुपैयाँ बराबरको पटाका जिल्ला प्रहरी कार्यालय परिसरमै खाल्डो खनी पानी हालेर नष्ट गरिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय र मातहत कार्यालयबाट खटिएको टोलीले अवैध रूपमा भारतबाट ल्याउँदै गरेको र भण्डारण गरेर राखेको अवस्थामा पटाका बरामद गरेको थियो ।

 

गएराति छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीबाट टाउकोमा बोकी ल्याएको चारवटा ठूलो र सानो वण्डल, हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहाबाट गत मंगलबार तीन पोका, राजविराज नगरपालिका–६ स्थित दिपेन्द्रलाल दासको घरबाट गएको सोमबार एक लाख ५० हजार बराबरको पटाका र कात्तिक ३ गते बलान बिहुल गाउँपालिका मौवाबाट ४२ हजार ५ सय रुपैयाँको अवैध पटाका प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नष्ट  तीन लाखको पटाका

विशेष