माटोको ढिस्कोले पुरिएर छोरीको मृत्यु, बाबु घाइते

उदयपुर । माटोको ढिस्कोले पुरिएर उदयपुरमा एक युवतीको ज्यान गएको छ । चौदण्डीगढी नगरपालिका वडा नं. ९ अजगराकी २० वर्षीया सम्झना चौधरीको माटोको ढिस्कोले पुरिएर ज्यान गएको हो ।
धान दाईँ गर्न आँगन लिप्नका लागि माटो लिन जाँदा माटोको ढिस्कोले पुरिएर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमर गजमेरले जानकारी दिए ।
सम्झनासँगै माटो खन्न गएका उनका बुवा तिलक चौधरी सामान्य घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरी निरीक्षक गजमेरले बताए ।
उदयपुर माटोको ढिस्को