अब त्रिभुवन विमानस्थलमा फ्री वाइफाई

काठमाडौं । अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फ्री वाइफाईको सेवा लिन पाइने भएको छ ।
यसअघि विमानस्थलको आन्तरिक टर्मिनलमा फ्री वाइफाई सञ्चालन गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थले अहिले अन्तर्राष्ट्रिय टर्मिनलमा पनि वाइफाई सञ्चालन गरेको हो ।
वर्ल्डलिंकसँगको सहकार्यमा यात्रुहरुलाई फ्री वाइफाइको सुविधा दिइएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल सुधार अन्तरगत यसअघि रंगरोगन र नयाँ कुर्सी थप्ने काम सम्पन्न भैसेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फ्री वाइफाई