News

घुस लिएको अभियोगमा मुद्दा

घुस लिएको अभियोगमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हवल्दार नुरूल होदा अन्सारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

 

नेपाल–भारत सीमा बजारबाट भन्सार छली ल्याइएका सामान लैजान सहज बनाइदिने बहानामा सेवाग्राहीसँग ३० हजार घुस लिएको अभियोग उनीमाथि लागेको छ ।

 

बिगोबमोजिम जरीवाना असुल र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग घुस लिएको अभियोगमा मुद्दा

विशेष