छठसम्म पेट्रोलियम पदार्थको मूल्य नबढ्ने

काठमाडौं । नेपाल आयल निगमले तिहार र छठसम्म पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्ने निर्णय गरेको छ । सरकारको निर्देशनपछि निगमले यस्तो निर्णय गरेको हो ।
निगमलाई प्रधानमन्त्री केपी ओली र उद्योग वाणिज्य तथा आपूर्ती मात्रिकाप्रसाद यादवले चाडपर्व अवधिभर इन्धनको मूल्य वृद्धि नगर्न निर्देशन दिएका थिए ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लाग्दा निगमको घाटा चुलिँदै गएको छ । हाल निगमले मासिक दुई अर्ब ८ करोड रुपैयाँसम्म नोक्सान खेपिरहेको छ । नोक्सानी कम गर्न निगमले मूल्यवृद्धि गर्नका लागि सरकारलाई दबाब दिइरहेको छ ।
आयल निगम सञ्चालक समिति सदस्य तथा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव नवराज ढकालले चाडपर्वको बेलामा हुन नसक्ने मूल्यवृद्धिलाई ध्यान दिएर इन्धनको भाउ यथावत राखिएको जानकारी दिए ।
पेट्रोलियम पदार्थ नेपाल आयल निगमले