विदेश

श्रीलङ्काको प्रहरीद्वारा तेल मन्त्री पक्राउ 

श्रीलङ्काको प्रहरीद्वारा तेल मन्त्री पक्राउ 

श्रीलङ्का । राष्ट्रपति मैत्रीपाला सिरिसेनाका समर्थकहरू आइतबार तेल मन्त्रीको सरकारी कार्यालय पुगी हातपात गर्ने प्रयास गरेपछि मन्त्री अर्जुना रनातुङ्गाका सुरक्षा गार्डले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।

 

सन् ११९६ मा श्रीलङ्कालाई विश्वकप ट्रफी दिलाउन सफल क्रिकेट खेलाडीसमेत रहेका रनातुङ्गा हालै राष्ट्रपतिबाट पदच्युत गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेका बलियो समर्थक मानिन्छन् ।

 

श्रीलङ्काका ट्रेड यूनियनहरूले मन्त्रीले गोली चलाउन निर्देशन दिएको आरोप लगाउँदै विरोधमा उत्रिएपछि तेल मन्त्री रनातुङ्गालाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी प्रवक्ता रूवान गुण्नसेकेराले बताए ।

 

श्रीलङ्काका राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री मैत्रीपालालाई हटाई श्रीलङ्काको तीन दशक लामो गृहयुद्धलाई बल प्रयोग गरी निष्कर्षमा पु¥याएका शक्तिशाली पूर्व राष्ट्रपति राजपाक्षलाई नियुक्त गरेपछि गहिरिएको श्रीलङ्काको राजनीतिक सङ्कटबीच आइतबार र सोमबार यदाकदा झडपका घटना भएका छन् ।

राष्ट्रपति मैत्रीपाला सिरिसेना तेल मन्त्री पक्राउ 

विशेष