बायो ग्याँस निर्माणका लागि सम्झौता
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका र देव ट्रेनिङ एण्ड मेनेजमेन्ट सर्भिस सेन्टरसँग बायो ग्याँस प्लान्ट निर्माणमा लागि सम्झौता भएको छ । दुवै पक्षबीच सोमबार सम्झौता भएको हो ।
सम्झौतामा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, बैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रका प्रतिनिधी दिपक पौडेल र देव ट्रेनिंङ एण्ड मेनेजमेन्ट सर्भिस सेन्टरका प्रतिनिधी रविनकान्त पन्तले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि प्रतिक्रिया दिदैं देव ट्रेर्निङ एण्ड मेनेजमेन्ट सर्भिस सेन्टरका प्रमुख रबिनकान्त पन्तले यो आयोजनाले नगरबाट निस्केको फोहोरबाट ग्याँस र मल उत्पादन गर्ने बताए ।
त्यस्तै, उपमहानगरपालिकामा निर्माण हुने ‘एकिकृत फोहोरमैला ब्यबस्थापन केन्द्र’ निर्माणका लागि छलफल थालिएको छ । उपमहानगरपालिकाले देशकै ठूलो र ब्यबस्थित एकिकृत फोहोरमैला ब्यबस्थापन केन्द्र वडा नं २ स्थित मोहना नदीसंगै जोडिएको जग्गामा निर्माण गर्ने तयारी थालेको छ ।
यसका लागि सम्पूर्ण अध्ययन तथा प्रारुप तयार पारी सकेकाले निर्माणका लागि वातावरण बनाउन स्थानीय सरोकारवालासँग छलफल सुरु गरेको उपमहानगरपालिकाका प्रमुख वडले बताए ।
उनले भने, ‘यो आयोजना देशकै सबैभन्दा ठूलो हो । यसमा एकिकृत फोहर ब्यबस्थापन केन्द्र निर्माणका साथै बायो ग्याँस प्लान्ट निर्माण गरिने भएको छ ।’
एसियाली विकास बैंकको अनुदान सहित ६५ करोड ऋण सहयोगमा एकिकृत फोहोर मैला ब्यबस्थापन केन्द्र निर्माण हुन थालेको उपमहानगरपालिकाका बतावरण अधिकृत अशोक अवस्थीले बताए ।
त्यसैगरी सोही आयोजना अन्तर्गत २० करोडको लगानीमा वायो ग्याँस प्लान्ट निर्माण गरिने भएको छ । आयोजनाले २९ हेक्टर क्षेत्रफल ओगट्ने भएको छ भने २२ हेक्टरमा संरचनाहरु निर्माण हुने छन् ।
सम्झौता धनगढी उपमहानगरपालिका