किरा खानु फाइदै फाइदा
काठमाडौं । युएन फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसनको अनुसार, संसारको ८० प्रतिशत देशमा किरा फट्यांग्रा खाने चलन छ । ती देशहरूमा किरालाई फाइबर र प्रोटिनको धनी स्रोतको रूपमा लिइन्छ । नेपालको छिमेकी मुलुक भारतमा पनि किरा खाने चलन नौलो होइन । भारतको उत्तर पूर्वी भेगका जनजातीहरू र दक्षिण बेल्टमा रहेका केराला, तामिल नाडु र कर्नाटाकामा किरा खाने प्रचलन पुरानो हो । रातो कमिलाको अन्डादेखि लिएर सिल्कवर्मको लार्भासम्म त्यहाँका मानिसहरूले सबै चिज खाने गर्छन् । यो खाने प्रचलनलाई अंग्रेजीमा ‘एन्टोमोफागी’ पनि भनिन्छ । किरा खाने प्रचलनलाई स्वस्थ्य मानिने कारणहरू यस्ता छन् ।
के हो एन्टोमोफागी ?
मानिसहरूले किरा खाने प्रवृत्तिलाई एन्टोमोफागी भनिन्छ । परापूर्वकालदेखि हालसम्मको अवस्थामा मानिसहरूले किरा खादैँ आएका छन् । यो प्रवृत्तिलाई एन्टोमोफागी भनिन्छ ।
मोटोपनासँग लड्छ
किरा खाँदा हाम्रो शरिरले अधिक मात्रामा पोषण प्राप्त गर्छ । किरामा हुने न्युन मात्राको फ्याटले मोटोपनासँग लड्ने क्षमता बढाउँछ । एफएओको रिपोर्टले जनाएअनुसार, किरा मासु भन्दा पनि धेरै पोषणयुक्त हुन्छ । त्यसकारण यसले मोटोपना र त्यसबाट लाग्ने रोगहरूसँग लड्ने क्षमताको विकास गर्छ ।
वैश्विक दृश्यलाई नियाल्ने हो भने, हामीले खाने सबै खानेकुरामा किराको प्रयोग भएको हुन्छ । मेक्सिकोमा फट्यांग्रालाई विभिन्न स्पाइस मिलाएर खाइन्छ । त्यस्तैगरि इन्डोनेसियामा पानीझिंगालाई नरिवलको दुधमा उमालेर तरकारीको रूपमा खाइन्छ । दक्षिण अफ्रिकामा मकैको खीरमा धमिरा(सेतो वा रातो कमिला) हालिएन धने त्यो खानेकुरा अपूर्ण हुन्छ ।
कुपोषणसँग लड्छ
युनिसेफको अनुसार, गरिबीको रेखामा भएका ५ वर्ष मुनिका बालबालिकाहरूको मृत्युको मुख्य कारण कुपोषण हो । युएनको अनुसार, किरा खाँदा कुपोषणसँग लड्ने क्षमता बढ्छ । यो सजिलै पाइने पोषणको स्रोत हो ।
एफएओको आनुसार, बढ्दो जनसंख्याले ल्याएको खानेकुराको अभावलाई पूर्ती गर्नका लागि पनि किराको सेवनले ठूलो भूमिका खेल्छ र यो एउटा स्वस्थ्य जीवनशैली पनि हो ।
डिफेक्ट्स लेभलस् ह्यान्डबुक अफ युएस फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनको अनुसार, हामीले कुनै न कुनै तरिकाबाट दैनिक रूपमा किरा फट्यांग्रा खाइरहेका हुन्छौं । सय ग्रामको डार्क चकलेटमा ६० टुक्रा किरा हालिएको हुन्छ । त्यस्तैगरि दश ग्राम पिनट बटरमा ३० वटा टुक्रा किराको प्रगोय गरिएको हुन्छ ।
मेक्सिकोदेखि चीन र ब्राजिलदेखि अष्ट्रेलियासम्म किरा खानु भनेको त्यहाँका मानिसहरूको दैनिकीजस्तै हो । किराको प्रयोग भएको खानेकुरालाई उनीहरूको संस्कृतिक भोजन पनि मानिन्छ ।
नेपालको सन्दर्भमा पनि किरा खाने प्रचलन नौलो भने होइन । तराईका भेगहरूमा गोंगी खाइन्छ । पहाडी भेगमा चिप्ली किराको सेवन गरिन्छ । विशेषगरि चिप्लीकिरामा क्याल्सीयमको मात्रा बढी हुन्छ । हड्डीको समस्या भएको समयमा चिप्लीकिराको सेवन गरेमा यसले समयमै शरिरलाई फुर्तिलो बनाउँछ ।
किरा खानु फाइदै फाइदा