बंगलादेशकी पूर्वप्रधानमन्त्री जियालाई सात वर्ष कैद
बीबीसी । बंगलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई भ्रष्टाचार गरेको ठहर गर्दै अदालतले सात वर्षको कैद सजाय सुनाएको छ ।
बंगलादेशको ढाकामा अवस्थित एक अदालतले पूर्वप्रधानमन्त्री खालिदा जिया र तीन अन्य जनालाई भ्रष्टाचारको मामिलामा सात वर्षको कैद सजाय सुनाएको हो ।
बंगलादेश नेशनल पार्टीकी प्रमुखसमेत रहेकी पूर्वप्रधानमन्त्री खालिदा विरुद्ध सात वर्षअघि मुद्दा दायर गरिएको थियो । अदालतले उनीमाथि १० लाख टाका (बंगलादेशी मुद्रा) बराबरको जरिवाना पनि सुनाएको छ ।
खालिदाले जरिवाना नतिरे छ महिना अतिरिक्त जेलमा बस्नु पर्ने छ । उनी गत फेब्रुअरी महीनाबाट एक अर्कै भ्रष्टाचार मामिलामा पाँच वर्षको सजाय काटिरहेकी छिन् ।
पूर्वप्रधानमन्त्री बेगम खालिदा जिया कैद सजाय