News

राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिलाई जिम्मेवारी

राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिलाई जिम्मेवारी

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार कतारका लागि प्रस्थान गरेकी छन् । अमिर शेख हमाद बीन खलिफा अल थानीको निमन्त्रणामा कतारको औपचारिक भ्रमणमा त्यसतर्फ प्रस्थान गरेकी राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन गरिने गरी तोकिएको छ ।

 

नेपालको संविधानको धारा ६७ को उपधारा ९२० बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा उनीबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पन्न हुने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुन

विशेष