News

ऋण चुक्ता गर्न बस्नेतलाई बै‌कको ताकेता

ऋण चुक्ता गर्न बस्नेतलाई बै‌कको ताकेता

काठमाडौं । नेपाल बैंक लिमिटेडले व्यावसायी सुधीर बस्नेतलाई कर्जा चुक्ता गर्न ताकेता गरेको छ । अग्नी एअर प्रालिको नाममा लिईएको कर्जा चुक्ता गर्न भन्दै बैंकले ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको हो ।

 

नेपाल बैंकको काठमाडौं शाखाबाट लिइएको कर्जाको साँवा र व्याज पटक पटक ताकेता गर्दा पनि नतिरेपछि सार्वजनिक सूचना जारी गर्नुपरेको बैंकले जनाएको छ । समयमा नै कर्जा चुक्त्ता नगरे कर्जा सुरक्षाणार्थ राखिएको धितो लिलाम बिक्री हुने सूचनामा उल्लेख छ ।

 

हाउजिङ, अपार्टमेन्ट, सहकारी लगायतका क्षेत्रमा हात हालेका बस्नेतले विभिन्न बैंक, सहकारी, व्यवसायी र अन्य व्यक्तिसँग लिएको करिब सात अर्ब रुपैयाँ चुक्ता गर्न सकेका छैनन् ।

 

बस्नेतले ओरियण्टल सहकारीमार्फत पीडितहरुबाट उठाएको करिब ४ अर्ब रुपैयाँ तिर्नै बाँकी छ । जेलबाट छुटेपछि बस्नेतले ओरियण्टलका पीडितहरुको रकम फिर्ता गर्ने लिखित सम्झौता गरे पनि अहिलेसम्म रकम तिरेका छैनन् ।

 

भेगास हाउजिङको बुकिङमार्फत उठ्ने पैसाले ओरियण्टलका पीडितहरुको ऋण तिर्ने बस्नेतले वचन दिएको पीडितहरुको भनाए छ । भेगासको बुकिङ तिहारपछि खोल्ने बस्नेतको तयारी छ ।

नेपाल बैंक लिमिटेड सुधीर बस्नेत अग्नी एअर प्रालि ऋण चुक्ता

विशेष