कर्मचारीद्वारा सक्कली यार्चागुम्बासँग नक्कली साटे
डोल्पा । हिमाली जिल्ला डोल्पाबाट नेपालगञ्ज लैजादै गरेको यार्चागुम्बा डिभिजन वन कार्यालय बाँकेका कर्मचारीहरुले सक्कली यार्चागुम्बासँग नक्कली साटेका छन् ।
पक्राउ परेको यार्चागुम्बाको लिलामी गर्ने क्रममा यार्चागुम्बा साटिएको भन्दै छानिको माग गरेका छन् । डिभिजन वन कार्यालय बाँकेले सोमबार पक्राउ परेको यार्चागुम्बा लिलामको लागि टेण्डर खुला गरेपछि यार्चाव्यापारीले लिलामीको यार्चा हेर्दा कमसल खालको यार्चा राखिएको बताएका हुन ।
यहि भाद्र १६ गते डोल्पाबाट नेपालगञ्ज लादै गर्दा राझा बिमानस्थलमा डोल्पाका सुर्वणकुमार बुढालार्इ ६ केजि १०० ग्राम यार्चागुम्बा सहित पक्राउ परेका थिए । बुढाले उक्त ६ केजि १०० ग्राम यार्चा १ करोड ३२ लाखमा खरिद गरेर ल्याएको बताएका छन । त्यति महगो हालेर ल्याएको यार्चागुम्बा अहिले डिभिजन वन कार्यालय बाँकेले लिलामी गर्ने क्रममा एकलाखमा पनि खरिद बिक्री नहुने यार्चागुम्बा राखेको व्यापारीहरूको दावी रहेको छ ।
डिभिजन बन कार्यालय बाँकेका प्रमुख ईश्वरी पौडेलले भने लामो समयको अनुसन्धान पछि अदालतमा मुद्धा दर्ता गरिएको र सुरक्षा घेरामा राखिएकोले व्यवसायिले भने जस्तो नक्कली यार्चा नराखिएको बताए । उनले भने सुरक्षा घेरामा राखिएकोले साटफेर नभएको दावी गरे । सोमबारको लिलामी टेण्डरमा यार्चा व्यवसायिले नक्कली यार्चा गुम्बा भएको भन्दै कसैलेपनि लिलामी बोलेनन त्यसकारण अब फेरि लिलामीको टेण्डर खोलीने डिभिजन वन कार्यालय बाँकेले जानकारी दिएको छ ।
सहायक वन अधिकृत गणेश खड्का, जडीबुटि महासँघका अध्यक्ष याकुब अन्सारी, अनुसन्धान अधिकृत नारायण पार्दे र अन्य कर्मचारीहरुको मिलेमतोमा सक्कली यार्चागुम्बा नक्कलीसँग साटिएको व्यवसायीको आरोप रहेको छ । जडिबुटि महासँघका अध्यक्ष नेपाली काँग्रेस प्रदेश ५ का सदस्य समेत रहेका छन । बर्षौदेखि यार्चाको व्यापार गरिरहेकोले सक्कली र नक्कली सजिलै छुट्याउन सक्ने भन्दै कर्मचारीले नक्कली यार्चा लिलामीमा राखेर व्यापारीलाई ठगी गर्न खोजेको बुढाले आरोप लगाए ।
यार्चागुम्बा डिभिजन वन कार्यालय बाँके सक्कली यार्चागुम्बासँग नक्कली साटे