चिकित्सकको सुझाव अनुसार अस्पतालमा प्रधानमन्त्री ओलीलाई भेट्न प्रतिबन्ध
काठमाडौं– छातीमा संक्रमण भएर अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अस्पतालले प्रतिबन्ध लगाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीलाई भेट्न तथा उनको स्वास्थ्य लाभको कामना गर्न चाहने शुभचिन्तकहरुको आकांक्षलाई अस्पतालले आत्मासात गरेपनि अस्पतालको पहिलो दायित्व प्रधानमन्त्रीको स्वास्थ्यलाभको लागि चिकित्सकको सुझाव अनुसारनै भेटघाटलाई प्रतिबन्ध गरिएको हो ।
प्रधानमन्त्री ओलीलाई श्वासप्रश्वासमा समस्या भएपछि सोमबार बिहान साढे चारबजे महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्री ओलीको डाक्टर अरुण सायमीको नेतृत्वमा उपचार भैरहेको छ । उपचारमा संलग्न चिकित्सकले सुगरको मात्रा बढेपनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा भेट्न प्रतिबन्ध