News

पाँचथरको बजारमा खुलेआम कालोबजारी

पाँचथरको बजारमा खुलेआम कालोबजारी

पाँचथर । पाँचथरको सदरमकाम फिदिम बजारको मंगलबार अनुगमन गरिएको क्रममा कालोबजारी गरेर सामानहरु विक्री गर्ने गरेको पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले बताए।

 

इलोक्ट्रोनिक्स तथा गिफट पसलमा गरिएको अनुगमनका क्रममा अण्डर बिलिङको समस्या देखिएको उनले बताए । उनले भने,“सामान ल्याउँदा उनीहरुले सस्तो मूल्यमा ल्याएको विल देखाउने गरेका छन् । विक्री गर्ने क्रममा आकाश पत्तालको फरक पर्ने गरी विक्री गर्ने गरेको पाइएको छ ।”

 

सवैभन्दा बढि चस्मा, चार्जर र घडीको मूल्यमा भने आकाश पत्तालको मूल्यको नाफामा विक्री गरेको पाइएको उनको भनाई छ । चार्जर प्रति गोटा २० देखि २५ रुपैयामा खरिद गरेको पाइयो विक्री गर्दा १ सय देखि १ सय ५० सम्म विक्री गरेको पाइएको छ । 

 

सामान्यतया प्रत्येक सामानमा २० प्रतिशत मात्रै नाफा लिने गरिन्छ । लोटस कम्पनीको घडीको मूल्य खरिद गर्दा १ सय ५५ रुपैयामा गरेको तर विक्री गर्दा ८ सय रुपैया सम्म प्रतिगोटा विक्री गरेको पाइएको छ ।

 

यसरी विक्री गर्न पाइँदैन् उनीहरुलाई ग्राहकलाई यसरी विक्री गरे भने उनीहरुलाई कालोबजारी ऐन अन्र्तगत कारवाही गर्न सकिन्छ ।” यस्तै अनुगमन टोलीमा संलग्न उद्योग वाणिज्य संघ पाँचथरका वरिष्ठ उपाध्यक्ष यामनाथ काफ्लेले भने, “अण्डर विलिङको समस्या छ तर यस विषयमा यहाँका व्यपारीलाई मुछ्नु पाइँदैन् ।

 

यो भन्सारबाटै सामान आयात गर्दाखेर नै राजश्व छली हुने गरेको र यसको मारमा फिदिमका व्यपारीहरु परेको बताए । यस्तै बजारमा व्यपारीहरुले विना अनुमति सिसी क्यामेरा जडान गरेको पाइएको र अव उप्रान्त अनुमति लिएर मात्रै सिसी क्यामरा जडान गर्न सुझाव दिएको जिल्ला प्रशासन कार्यालय पाँचथरका नायव सुब्बा प्रकाश अधिकारीले बताए ।

 

अनुगमनका क्रममा व्यपारीहरुलाई सचेतना र निर्देशन दिएको र दर्ता नभएका पसलहरु पन्ध्र दिन भित्रमा दर्ता गराउन सुझाएको उनले बताए ।

कालोबजारी पाँचथरको सदरमकाम फिदिम

विशेष