News

भारतकाे दादागिरी : पानी रोकिदियो, विद्युत उत्पादन ठप्प

भारतकाे दादागिरी : पानी रोकिदियो, विद्युत उत्पादन ठप्प

नवलपरासी ।  पश्चिमको प्रतापपुर गाउँपालिका ७ स्थित गण्डक जलविद्युत केन्द्रमा विद्युत उत्पादन ठप्प भएको छ । 

 

भारतले गण्डक नहरमा पानी बन्द गर्दा १५ मेगावाट क्षमताको केन्द्रमा विद्युत उत्पादन ठप्प भएको हो । 

 

भारत सरकारले नहर मर्मत र सरसफाइका लागि भन्दै ४० दिनका लागि नहरमा पनी बन्द गर्दा विद्युत उत्पादन प्रभावित भएको पावर हाउसका प्रमुख कपिलदेव महाजनले बताए । 

 

भारतले पत्येक बर्ष कार्तिकमा ४० दिनसम्म नहरमा पानी रोक्ने गरेको छ । 

नयाँ पत्रिकाबाट 

विशेष