News

नेकपाका कार्यकर्ताले चलाएकाे गोली लागेर एकजनाको मृत्यु 

नेकपाका कार्यकर्ताले चलाएकाे गोली लागेर एकजनाको मृत्यु 

सर्लाही । जिल्लाको रामनगर गाउँपालिका – ४ मा मंगलबार बिहान नेकपाका र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एकजनाको ज्यान गएको छ । 

 

 

बिहान ७ वजे नेकपाका कार्यकर्ताले चलाएको गोली लागेर स्थानीय ६५ वर्षीय विलास महतोको ज्यान गएको सर्लाही क्षेत्र नम्बर ४ प्रदेश क बाट निर्वाचित सांसद विरेन्द्र सिंहले जानकारी दिए । गोली लागेर अन्य चार जना घाइते भएका छन् । 

 

 

घाइते लिन गएको एम्बुलेन्समासमेत उनीहरुले तोडफोड गरेकाले घाइतेलाई उपचारमा लैजान समस्या परेको उनले जानकारी दिए ।

 

 

 

सोमबार बिहान यही नगरपालिका वडा नम्बर ४ बाट निर्वाचित वाडा अध्यक्ष राम नरेश महतोलाई नेकपाका कार्यकर्ताले कुटपिट गरेपछि झगडा सुरु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए ।

 

 

नेकपाका कार्यकर्ताहरुले वडाध्यक्ष महतोको घरमासमेत तोडफोड गरेका छन् । त्यस स्थानमा केही बेर अघि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट थप प्रहरी पठाइएको छ ।  

झडप नेकपाका कार्यकर्ता

विशेष