नवलपरासीको एक फर्निचरमा आगलागी हुँदा २ करोडको क्षती

पश्चिम नवलपरासी । जिल्लाको बर्दघाटमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ । जय बुद्ध सिसा, प्लाई तथा फर्निचर उद्योगमा मंगलबार बिहान आगलागी भएको हो ।
आगलागीका कारण फर्निचर उद्याग पूर्ण रुपमा नष्ट भएको छ । फनिर्चर उद्योगको कम्पाउण्ड भित्र राखिएको कार समेत जलेर काम नलाग्ने भएको प्रहरीले जनाएको छ ।
नगरपालिकामा दमकल नहुँदा क्षति बढी भएको छ । आगलागी नियन्त्रणका लागि रामग्राम नगरपालिकाको दमकल आएको थियो । आगलागीका कारण करिव दुई करोड बराबरको क्षति भएको सञ्चालक राजु पाण्डेले बताए । आगलागी भएको दुई घण्टा पछि मात्र नियन्त्रणमा आएको थियो ।