भीरबाट लडेर एक महिलाको मृत्यु

बझाङ । घाँस काट्ने क्रममा भीरबाट लडेर एकजना महिलाको मृत्यु भएको छ। जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नम्बर १ गोठखोलाकी २२ वर्षीया पार्वती जोशीको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।
घर नजिकै आफ्नै बारीमा घाँस काट्दा लडेर घाइते भएकी जोशीको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
बझाङ भीर