विदेश

छत्तिसगढको माओवादी आक्रमणमा पत्रकारसमेत मारिए

छत्तिसगढको माओवादी आक्रमणमा पत्रकारसमेत मारिए

एजेन्सी । भारतको छत्तिसगढको बस्तर क्षेत्रमा माओवादीको आक्रमणबाट भारतीय सरकारी टेलिभिजन च्यानलका क्यामेरापर्सन र २ जना प्रहरी मारिएका छन् । 

 

 

मंगलबार छत्तिसगढको दन्तेवाडा जिल्लामा माओवादी प्रभावित क्षेत्रमा रिपोर्टिङ गरिरहेका दूरदर्शनका पत्रकारमाथि आक्रमण गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मिडियाकाअनुसार दन्तेवाडाको आरनपुरको जंगली इलाकामा आक्रमण भएको हो ।

 

 

 

माओवादी आक्रमणमा परि दूरदर्शनका क्यामेरापर्सन अच्युतानन्द साहु मारिएका छन् । त्यस्तै माओवादी आक्रमणमा परि ज्यान गुमाउने प्रहरीमा सब इन्सपेक्टर रुद्र प्रताप र सब–इन्सपेक्टर मंगलु रहेका छन् । 

 

 

 

माओवादी प्रभावित राज्य छत्तिसगढमा अर्को महिनामा मात्रै विधानसभा चुनाव हुँदैछ । ९० सिट रहेको छत्तिसगढ विधानसभा चुनाव दुई चरणमा हुँदैछ । पहिलो चरणको चुनाव नोभेम्बर १२ र दोस्रो चरणको चुनाव नोभेम्बर २० मा हुनेछ ।

पत्रकार माओवादी आक्रमण

विशेष