प्रेमीसँग विवाह गर्न राजकुमारीले त्यागिन् पद !

प्रेमीसँग विवाह गर्न राजकुमारीले त्यागिन् पद !

एजेन्सी । जापानमा एक राजकुमारीले प्रेमीसँग विवाह गर्न पद त्याग गरेकी छन् । २८ वर्षीया आयाकोले आफ्ना प्रेमीसँग विवाह गर्न राजकुमारी पद त्याग गरिदिएकी हुन् ।

 

 

गत गृष्ममै उक्त घोषणा गरेकी आयाकोले  सोमबार ३२ वर्षीय केई मोरियासँग लगन गाँठो कसिन्।  मोरिया राज खानदानका होइनन् उनी जहाज कम्पनीमा काम गर्छन् ।

 


सोमबार एक मन्दिरमा परम्परागत  चलनअनुसार उनीहरूको विवाह भएको छ ।  राजकुमारीका आयाकोको जिजुबुवा सम्राट मेइजीको नाममा बनाइएको मन्दिरमा भएको विवाह समारोहमा राजकुमारी परम्परागत पोशाक किमोनो लगाएर आएकी थिइन् दुलाहा मोरियाले कालो कोट र खैरो पाइन्ट लगाएका थिए ।

संम्बधित खबर

विशेष