News

सरकारको ढुकुटीमा ८० अर्ब बचत, खर्च गर्ने सक्ने ल्याकत छैन

सरकारको ढुकुटीमा ८० अर्ब बचत, खर्च गर्ने सक्ने ल्याकत छैन

काठमाडौं । गत आर्थिक वर्षको शुरुमा कर्जा उठाएर खर्च चलाएको सरकारसँग चालु आवसमा भने करिब ८० अर्ब रुपैयाँ बचत छ  । उच्च दरको राजस्व असुली हुँदा पुँजीगत खर्तमा आएको शिथिलताले सरकारको कोषमा ८० अर्ब रुपैयाँ बचत रहेको हो । गत आर्थिक वर्षको शुरुमा पैसा नुहँदा सरकारले साउनमै ७३ अर्ब ७८ करोड रुपैयाँ आन्तरिक ऋण उठाएर खर्च धानेको थियो । शुरुमै ऋण उठाएको सम्भवतः त्यो पहिलो पटक थियो । 
 

‘राजस्व संकलन उच्चदरले भएको र अन्य माध्यमबाट पनि पैसा प्राप्त भएकोले अहिले सरकारसँग करिब ८० अर्ब रुपैयाँ बचत छ ’ अर्थमन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानाले भने, ‘तरलता पर्याप्त भएकोले अबका दिनमा खर्चमा जोड दिएर लक्ष्यअनुसारको आर्थिक वृद्धिदर हासिल गर्नुपर्नेछ ।’
नागरिक दैनिकबाट  
 

विशेष