News

मल किन्न भारत गएका कृषि सामग्रीका हाकिमहरु रक्सी धेरै धोकेर भारतकै अस्पतालमा भर्ना

मल किन्न भारत गएका कृषि सामग्रीका हाकिमहरु रक्सी धेरै धोकेर भारतकै अस्पतालमा भर्ना

काठमाडौं । बिचौलीहरुको कति ठूलो बिगबिगी छ भन्ने हेर्नलाई एउटा सानो घटना काफी छ । कुनै चिजको अभाव हुन्छ नेपालमा दलालहरु बुर्कुसी मार्दै पुग्छन् भारततिर । 
 

 

कृषि सामग्री कम्पनीको टोली खर्चरै दिल्ली गयो, मलखाद खरिदबारे भारतीय अधिकारीसँग छलफल गर्न । भारतकै लागि पुग्दो मलखाद नहुँदा मोरक्को र इरानबाट आयात गरिरहेको छ । नेपालमा एउटा सिजनमा चाहिने विषादीयुक्त रासायनिक मलको परिणाम हो –७ लाख मेट्रीक टन । डेढ दुई लाख नेपालमै भण्डारण हुन्छ  र काम पनि चल्छ । 

 

 

बाँकी दुइलाख  जिटुजी गरेर किन्ननु पर्छ त्यो पनि भारतीय अधिकारीहरुलाई फकाइ फुल्याइ गरेर । उसले सहुलियतमा दिने मल पनि यता बिक्री हुन्छ मात्रै हैन, त्यही मलको नाममा डरलाग्दो कालोबजारी चल्छ । हालै कृषि सामग्रीबाट मल खोज्न गएको सरकारी टोलीमा दुई जना थिए । तर, दिल्ली एअरपोर्टमा देखा परे सात जना ।

 

 

 अर्थात, यताबाट कसैले पठाएर हैन ‘जानुपर्छ’  भनेर टोलीमा मिसिई आफै पुगेका दला रहेछन् थपा पाँच जना । दुई जना सरकारीलाई तिनै दलालहरुले टिपेर पाँचतारे होतलमा लगे अपहरणको शैलीमा । राति २ बजेसम्म अन्नको रस पिलाए । कृषि सामाग्रीका हाकिमले दारु इति पिएछन् कि मध्यराति अस्पतालको इमर्जेन्सी वार्डमै पुर्पाउनु परेछ । 
जनआस्था साप्ताहिबाट 
 

विशेष