दशैंमा सरकारी गाडी रक्सी पिएर चलाउँदा पशुपंक्षी सचिवका छोरा दुर्घटनामा
काठमाडौं । सरकारी स्रोत र साधनको सदुपयोगका कुरा जोडतोडले चलिरहेको छ । तर, नेपाल सरकारका सचिवले नै सरकारी गाडीमा छोरालाइृ मस्ती मार्न दिँदा एउटा ठूलै दुर्घटना टरेको छ ।
कृषि तथा पशुपंन्छी सचिव युवकध्वज जिसीले मन्त्रालयको मन्त्रालयको बा १ झ ९९०० नम्बरको गाडी छोरालाई दिए, दशैंमा । एक जना ड्राइभरसमेत लिएर उनका छोरा फूलपातीको दिन काठमाडौंबाट चितवन लागे । गाडी आफै चलाए । गाडीमा सवार सचिवपुत्र र सरकारी चालक दुवैले मापसे गरेका थिए । त्यही गाडी ठोक्किन पुग्यो ९७ लाखमा हालै किनिएको टुरिस्ट बसमा । उक्त बस सडकभननदा केही पर पार्किङ गरिएको थियो । चालक अर्थात सचिवका छोरासँग लाइसेन्स थिएन । छोरा भाग्न खोज्दा भीडले घेरिएका कारण सकेनन् । छलफल हुँदा दुईलाख रुपैयाँमा सहमति भयो ।
जनआस्था साप्ताहिकबाट