News

मोटरसाइकललाई टिपरले ठक्कर, भक्तपुरमा तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार 

मोटरसाइकललाई टिपरले ठक्कर, भक्तपुरमा तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार 

काठमाडौं । भक्तपुरको सूर्यविनायकमा टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि स्थिति तनावग्रस्त बनेको छ । मोटरसाइकलमा सवार रहेका दुईजनाको अवस्था के कस्तो रहेको छ भन्ने जानकारी प्राप्त भएको छैन् तर ठक्कर दिएको टिपरमा स्थानीयले आगजनी गरेका छन् ।

 

बा ४ ख ३६५० नम्बरको टिपरले बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । लगतै भक्तपुर क्षेत्र तनावग्रस्त भएपछि प्रहरीले लाठी प्रहार गरेको थियो भने कैयौं सेल अश्रुग्यास पनि प्रहार भएको छ । भक्तपुरका एसपी हिमालय श्रेष्ठका अनुसार अहिले त्यसक्षेत्रको अवस्था तनावपूर्ण रहेको छ ।  

 

काठमाडौं उपत्यकामा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म टिपर चलाउने पाइने भएपनि भक्तपुर जिल्ला प्रशासन कार्यालय ४ दिन अघि निर्णय गर्दै सल्लाघारीसम्म आएर रोकिन सक्ने निर्णय गरेको थियो । यता काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि टिपरको समय परिवर्तन गर्दै बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म चल्न पाउने निर्णय गरेको थियो ।
 

भक्तपुरको सूर्यविनायक टिपरले मोटरसाइकललाई ठक्कर प्रहरीद्वारा अश्रुग्यास

विशेष