News

पप्पु कन्स्ट्रक्सनः बाबु बिराउने, छाेरालाइ पक्राउ पुर्जी

पप्पु कन्स्ट्रक्सनः बाबु बिराउने, छाेरालाइ पक्राउ पुर्जी

काठमाडाैं । टिकुलिया घाटको दुर्घटनाबारे सोधपुछका लागि प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रोनियारलाई पक्राउ पुर्जी जारी गर्यो । 

सुमितको नाममा पुर्जी जारी भए पनि उक्त स्थानमा निर्माणधीन पुलको ठेक्का सम्झौतापत्रमा हरिनारायणले हस्ताक्षर गरेका छन्र । सुमित हरिनायरणा राैनियारका छोरा हुन् । 

पक्राउ पुर्जी जारी भएको सात दिन वितिसक्दा पनि सुमितलाई प्रहरीले फेला पार्न सकेको छैन । 

गएको प्रतिनिधिसभा निर्वाचनमा टिकट पाउने निश्चित भएपछि हरिनारायण संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । 

२०७३ चैत अन्तिम साता केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पर्साको पोखरीयामा आयोजित विशेष कार्यक्रममा रौनियारलाई टीक  र माला लगाएर पार्टी प्रवेश गराएका थिए । 

कागजी रुपमा सुमितलाई सञ्चालक बनाए पनि सांसद रौनियार  कन्स्ट्रक्सनको ठेक्का सम्झौता, भुक्तानीका लागि सरोकारवाला अड्डामा आफैँ जाने गरेका छन ।

कान्तिपुर दैनिकबाट । 

विशेष