News मनोरञ्जन

फिल्म वितरकहरूले ठगेको ऋषि धमलाको आरोप 

फिल्म वितरकहरूले ठगेको ऋषि धमलाको आरोप 

काठमाडौं । फिल्म ‘अनुराग’ को वितरणमा वितरकहरूले राजनीति गरेको भन्दै फिल्मका प्रस्तुतकर्ता तथा पत्रकार ऋषि धमलाले आक्रोश पोखेका छन् । 

 

फिल्म वितरक गोपाल कायस्था र नरेन्द्र महर्जनले असोज १२ गते ऋषि धमलाको फिल्म ‘अनुराग’ मात्र लाग्छ भनेर लिखित प्रतिवेदन दिएर पनि एकैपटक चारवटा फिल्म लगाइदिएको धमलाको आरोप छ ।  

 

 

फिल्मकी नायिका एलिजा गौतमले पनि पहिलो फिल्म भएर वितरकहरूले एकदम नराम्ररी स्वागत गरेको दुखेसो पोखिन् । हलमा पोस्टर टाँस्नसम्म कन्जुस्याईं गरेका कारण वितरकको खुट्टै ढोग्न जानुपरेको उनको भनाइ छ । ‘फिल्म वितरकले राम्रो व्यवस्था गरिदिएको भए अनुराग उत्कृष्ट फिल्म बन्थ्यो’, उनले थपिन् । 

 

 

वितरकहरूलाई आफू यसबारे लड्ने र नराम्रो काम गर्नेलाई बाँकी नराख्ने चेतावनी दिँदै धमलाले भने, ‘फिल्म वितरकहरू बढी राजनीति गर्छन् । यस्ता नराम्रो काम गर्नेको विरुद्ध ऋषि धमला लड्छ । कसैलाई पनि बाँकी छोड्ने छैन ।’

 

 

पछिल्लो समय भारतीय अभिनेता गोबिन्दा नेपाल आउँदा धमलाले उनलाई ‘अनुराग’ हेरिदिन अनुरोध गरेका थिए । तर समयको अभावले हेर्न नपाउने भन्दै गोबिन्दाले फिल्मलाई हिन्दीमा डबिङ गर्नुभयो भने, भारतमा देखाइदिने प्रतिबद्धता जनाएको धमलाले बताए । 
 

ऋषि धमला

विशेष