News

एडिबीद्वारा पूर्वपश्चिम राजमार्ग सुधार गर्न झण्डै २१ करोड ऋण

एडिबीद्वारा पूर्वपश्चिम राजमार्ग सुधार गर्न झण्डै २१ करोड ऋण

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले पूर्वपश्चिम राजमार्गको सुधारका लागि करीब २० अर्ब ७० करोड ऋण उपलब्ध गराउने भएको छ । 

 


बैंक सञ्चालक समितिको मनिलामा सम्पन्न बिहीबारको बैठकले उक्त बाटो मर्मतसम्भारका लागि सो रकम नेपाल सरकारलाई ऋण स्वरुप प्रदान गर्ने निर्णय गरेको हो । 

 


नेपालको आन्तरिक तथा बाह्य व्यापारको प्रमुख मार्गका रुपमा रहेको उक्त बाटो सुधारपछि नेपालको यातायात पद्धति सुदृढ हुनाका साथै राष्ट्रिय तथा क्षेत्रीय सम्पर्क विस्तारमा योगदान पुग्ने विश्वास उक्त बैंकले व्यक्त गरेको छ । 

 


बैंकको प्रधान कार्यालयले आज एक वक्तव्य जारी गरेर उक्त बाटोको स्तरोन्नतिपछि नेपालको व्यापार प्रवद्र्धनमा टेवा पुग्ने र सडक सुरक्षामा पनि सुधार आउने अपेक्षा गरेको छ । 

एसियाली विकास बैंक पूर्वपश्चिम राजमार्ग

विशेष