ट्रकको ठक्करबाट चितवनमा एकजनाको मृत्यु, स्थानीयद्वारा ट्रकमा आगजनी

चितवन । पूर्वी चितवनको पर्सा बजारमा ट्रकको ठक्करबाट एकजनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका १ बस्ने अन्दाजी ३८ वर्षका सउना चौधरी रहेका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५.ख ९८६१ नम्बरको मालबाहक ट्रकले ना.२८.प. ७७३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकलमा सवार अन्दाजी चौधरीको शरीर क्षतिविक्षत भएको छ । ट्रक चालकको लापरवाहीले मोटरसाईकल चालकको मृत्युभएको भन्दै स्थानीयले ट्रकमा आगजानी समेत गरेका छन् ।
ट्रक चितवन