News

घुस लिएको आरोपमा प्रहरीविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा प्रहरीविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा महानगरीय प्रहरी प्रभाग सानोठिमी भक्तपुरमा कार्यरत प्रहरी नायब निरीक्षक ज्योति विष्टसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

 

 

आयोगका अनुसार प्रहरी नायब निरीक्षक विष्टको प्रत्यक्ष संलग्नतामा सोही प्रहरी प्रभागमा कार्यरत प्रहरी सहायक निरीक्षक सुवास ढुंगाना र प्रहरी हवल्दार दीपक भारतीले बालुवा बेचबिखन गर्ने व्यवसायीलाई सहजरुपमा निकासी गर्न दिने शर्तमा रु ४५ हजार घुस लिएको अभियोग लागेको छ । 

 

 

बालुवा व्यवसायीसँग प्रहरी सहायक निरीक्षक ढङ्गानाले रकम बुझी प्रहरी हवल्दार भारतीलाई रु पाँच हजार दिएको र विष्टलाई २५ हजार रुपैयाँ छुट्याएका थिए । 

 

 

आयोगले तीनै जना प्रहरी कर्मचारीलाई रु ४० हजारको बिगो कायम गरी विशेष अदालतमा आज मुद्दा दायर गरेको हो ।

 

 

 यस्तै, आयोगले सोही प्रकरणमा संलग्न महानगरी प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी हवल्दार अमन चौधरीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार हवल्दार चौधरीले बालुवा व्यापारीसँग पाँच हजार रुपैयाँ घुस लिएको अभियोग लागेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग घुस प्रहरी नायब निरीक्षक

विशेष