News

इतिहास शिरोमणि स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रा.डा.वैद्य,महासचिवमा आचार्य

इतिहास शिरोमणि स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रा.डा.वैद्य,महासचिवमा आचार्य

काठमाडौं । इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रा. डा. तुलसीराम बैद्य निर्वाचित भएका छन् ।

 

आचार्यको विषयमा अध्ययन अनुसन्धान गर्ने लगायतका उद्देश्य राखेर स्थापना गरिएको उक्त प्रतिष्ठाको प्रथम बार्षिक साधारण सभाले लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा. बैद्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

 

समितिको उपाध्यक्षमा नेपालका लागि चीनका पूर्वराजदूत राजेश्वर आचार्य, महासचिवमा बाबुराम आचार्य, कोषाध्यक्षमा कञ्चन शर्मा आचार्य र सदस्यहरुमा प्रा. डा. सुरेन्द्र केसी,  कृष्णप्रसाद आचार्य, प्रा.डा. मीना ओझा रहेका छन् ।

 

कार्यसमिति सदस्य प्रा.डा. केसीले इतिहास शिरोमणि बाबुराम आचार्यले मुलुकमा र्पुयाएको योगदानको कदर गर्न काम गरेर देखाउने बताउदै आवश्यक परे सरकार लगायत सबै निकायसंग सहकार्य गर्ने बताए । साधारणसभाले महासचिव बाबुराम आचार्यले प्रस्तुत गरेको आगामी बर्षको कार्यक्रम र कोषाध्यक्ष कञ्चन शर्मा आचार्यको आर्थिक प्रतिबेदन पारित गरेको छ ।
 

विशेष