News

चन्दा उठाउँदै हिड्ने विप्लवका कार्यकर्ता पक्राउ

चन्दा उठाउँदै हिड्ने विप्लवका कार्यकर्ता पक्राउ

धनुषा । जनकपुरबाट चन्दा उठाउँदै हिड्ने विप्लव समूहका दुइजना कार्यकर्ता पक्राउ परेका छन् ।

 

 

पक्राउ पर्नेमा महोत्तरी बर्दिवास नगरपालिका–२ बस्ने ३२ वर्षीय अमर क्षेत्री र लमजुङ सुन्दरबजार नगरपालिका–१, भोटेओढार बस्ने ४० वर्षीय राजु कार्की छन् ।

 

 

केहि व्यक्तिहरुले चन्दा उठाइरहेको जानकारी गराएपछि दुवैजनालाई बिहीबार दिउँसो साढे एक बजे जनकपुर उपमहानगरपालिका–७, बाट पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र साहीले जानकारी दिए ।

 

 

उनीहरुको साथबाट बा ३६ प ९८२ नम्बरको मोटरसाइकलसहित चन्दा रसिदलगायतका सामान बरामद गरिएको र थप अनुसन्धान भइरहेको उनले बताए । 

विप्लव समूह चन्दा

विशेष