News

बलात्कार गर्ने स्ववियु सभापति १० वर्षका लागि जेल

बलात्कार गर्ने स्ववियु सभापति १० वर्षका लागि जेल

काठमाडाैं । सामुहिक बलात्कारको अभियोगमा पर्वतको कुस्माबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापतिका विरुद्ध दश वर्ष कैद सजाय सुनाईएको छ । 

पर्वतको कुश्मा नगरपालिका १ पाङ सहस्रधाराका २३ बर्षीया शिशिर क्षेत्रीलाई पर्वत जिल्ला अदालतले १० बर्ष कैद सजायको फैसला सुनाएको हो । 

नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघका तर्फबाट निर्वाचित स्ववियु सभापति क्षेत्रीलाई पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश सुर्यबहादुर थापाको इजलासले १० बर्ष कैद सजाय सुनाएको छ । 

क्षेत्री २०७४ चैत्र १५ गते सामुहिक बलात्कारको अभियोगमा पक्राउ परेका थिए ।

नेपाल समाचारपत्र दैनिकबाट । 

विशेष