News अपराध सुरक्षा मुख्य समाचार समाज राजनीति

निषेधित क्षेत्रमा नेविसंघका कार्यकर्ताले सरकारलाई दिए ‘च्यालेन्ज’

निषेधित क्षेत्रमा नेविसंघका कार्यकर्ताले सरकारलाई दिए ‘च्यालेन्ज’

काठमाडौं । सिंहदरबारको दक्षिण गेटमा नेविसंघका कार्यकर्ताले निर्मला पन्तको बलत्कारीलाई पक्राउ गर्न नसकेको भन्दै विरोध प्रदर्शन गरेका छन् । सिंहदरबार परिसरमा कुनै पनि प्रकारकाे विरोध प्रदर्शन गर्नु न्यायलाई ‘च्यालेन्ज’ दिनु हो । 

 

दुई महिना भन्दा बढी समय बितिसक्दा पनि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई बलत्कार गरि हत्या गर्ने अपराधी पत्ता लाग्न नसकेका कारण नेविसंघका कार्यकर्ताले गृहमन्त्री रामबहादुर थापाको राजीनामाको माग गर्दै बिहिबार विरोध गरेका हुन् । 

 

सिहंदरबारको दक्षिण गेटमा धर्ना बस्दै कार्यकर्ताहरूले महानिरीक्षक विदामा बसेर निर्मलाका हत्यारा पत्ता लगाउनुपर्ने नारा लगाएका थिए । 

 

यस घटनाको अनुसन्धानमा प्रहरीले नै लापरवाही गरेको भन्ने बयान गृहमन्त्री स्वयमले दिइसकेका छन् । घटनाबारे गृहमन्त्री थापाले अनावश्यक राजनीतिकरण भएको आरोप लगाएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले हत्यारा पत्ता लाग्न १२ वर्षसम्म लाग्न सक्नेसमेत बताएका छन् । 

 

घटनामा संलग्न भनेर पक्राउ परेका दिलिपसिंह बिष्टको डिएनए निर्मलाको शरीरबाट लिइएको ‘भेजाइनल स्वाब’ सँग नमिलेपछि उनी रिहा भइसकेका छन् । यसका साथै एसपी विष्टसहित तीनजनाको डिएनए रिपोर्ट पनि नकारात्मक आइसकेको छ । 


 

नेविसंघ

विशेष