News प्रदेश ७

सुदूरपश्चिमका १२ स्थानमा ‘नागरिक सहायता कक्ष’

सुदूरपश्चिमका १२ स्थानमा ‘नागरिक सहायता कक्ष’

डोटी । दशैं तिहार तथा छठपर्वलाई मध्यनजर गर्दै सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपायलले सुदूरपश्चिम प्रदेशका १२ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । 

 

 

चाडपर्वका बेला यात्रुको सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउन नागरिक सहायता कक्ष स्थापना गरेर सेवा शुरु गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए । 

 

 


सुदूरपश्चिम प्रहरीले डोटीको पिपल्ला, सिलगढी बसपार्कसहित कैलालीको अत्तरिया बसपार्क, धनगढी बसपार्क, लम्कीचुहा बसपार्क कञ्चनपुरको महेन्द्रनगर बसपार्क, डडेल्धुराको बागबजार बसपार्क र स्याउलेमा नागरिक सहायता कक्ष सञ्चालन गरेको जनाएको छ ।

 

 


बैतडीको गोठलापानी, अछामको मङ्गलसेन, बझाङको सिमखेत र बाजुराको मार्तडी बसपार्कमा सहायता कक्ष स्थापना गरी सेवा शुरु गरिएको जनाइएको छ । 

सुदूरपश्चिम

विशेष